सिक्किममा याक्थुङ मुन्चइत चोक सयङ् तदर्थ समिती गठन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिक्किममा याक्थुङ मुन्चइत चोक सयङ् तदर्थ समिती गठन

चैत २, सिक्किम । सुखिम याक्थुङ मुन्चइत चोक सयङ् तदर्थ समिती गठन भएको छ ।

विहिबार गेन्टोकमा सम्पन्न एक भेलाले चलचित्र निर्माता मोनि ताम्लिङ्को अध्यक्षतामा गठन गरिएको हो ।

सिक्किमका लिम्बू चलचित्रकर्मिहरुको हकअधिकार, संरक्षण, सम्बर्द्धनको लागि गठित समितिको उपाध्यक्षमा चन्द्रमाया लिम्बु, सचिवमा सुशिला तुम्रोक, सहसचिवमा हर्कबीर खाम्दाक, कोषाध्यक्षमा बिबि लिम्बू र सहकोषाध्यक्षमा बिनिता लिम्बू चयन भएका छन् ।

यस्तै सुचना सञ्चार संयोजकमा सञ्जय कुमार सुब्बा, कार्यक्रम संयोजकमा शरण सावदेन र सल्लाहकारमा एम बि लिम्बू र शुकबीर चोङ रहेका छन ।

उक्त तदर्थ समितिले सिक्किभरिका सम्पुर्ण लिम्बू याक्थुङ कलाकारहरुको भेला गरि कार्यसमिति निर्माण गर्ने अध्यक्ष ताम्लिङ्ले बताए ।

सम्बन्धित खवर