लिम्बु कथानक चलचित्र 'सुगुत्' को छायांकन सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न

 


चैत ३, काठमाडौ । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ ।

पान्थर, ताप्लेजुङ, भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्र ‘सुगुत्’ को छायांकन गत फागुन मसान्तमा सम्पन्न भएको हो ।

चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ फिल्म्स प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रमा सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको निर्माण रहेको छ भने लोकेन सांवाको निर्देशन रहेको छ ।

नारी प्रधान रहेको सुगुतमा मौसम इम्बुङ, बबिता नेयोङ, प्रेम सुब्बा, यासेलि योङहाङ,सागर केरुङ, रुक मान लिम्बु, सुम्निमा खापुङ, योमन सोदेम्बा, कुमारि मेन्याङ्बो, निता लिम्बु, तिर्थ मादेम्बा, उदय बेघा, मन कुमार योङहाङ, सैलेन्द्र नाल्बो, रबिन नाल्बो, लिला सेत्लिङ, इन्द्र पधाक, दिनेश केरुङ, आशिस लिम्बु, इन्द सेर्पा, लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

अशोक लोहोरुङको संगीत, यासेलि योङहाङ, जानु काम्बाङ, रिता फोम्बो ठुलि र सागर केरुङको गीत, राजेस पायल राइ, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बु र रुकमान लिम्बुको स्वर रहेको चलचित्रमा देबेन्द्र खापुङको पटकथा, युवराज राइको छायांकन र किशोर सम्बाहाम्फेको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्र सुगुत् आगामी सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) सम्ममा प्रदर्सनमा ल्याइने निर्देशक सांवाले बताए ।

सम्बन्धित खवर