राजु, निरन्ता, इन्द्रशुसिल र थोकफेलाको 'हाक्पारे' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु, निरन्ता, इन्द्रशुसिल र थोकफेलाको ‘हाक्पारे’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

चैत ७, काठमाडौं । लोकप्रिय गायक राजु आङदेम्बे, लोकप्रिय गायीका निरन्ता नेम्वाङको साथमा लोकप्रिय गायक इन्द्रशुसिल लिम्बू र लोकप्रिय गायीका थोकफेला लिङदेनको सुमधुर आवाजमा सजिएको ‘हाक्पारे’ साम्लो सार्वजनिक गरिएको छ ।


राजु आङदेम्बेको शव्द संकलन तथा लय संकलनमा सार्वजनिक गरिएको ‘हाक्पारे’ साम्लोमा मनोज साङसोन राईको संगीत संयोजन रहेको छ ।

किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको साम्लोको मिक्सिङ राजु कार्कीले गरेका छन् ।


कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको हाक्पारे भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाक्पारे हेर्नुहोस…

सम्बन्धित खवर