- आन्छुमे नसान
चैत ११, काठमाडौं । पछिल्लो समय एकपछि अर्को भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा फेरि अर्को पुर्वेली लोक भाकामा सजिएको गीत ‘तेह्रथुमे ढाकाले’ को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार पेसल माबुहाङको शव्द तथा संगीतकार सञ्जय तुम्बाहाङफेको संगीतमा लोक गायक कृष्णभक्त राई र गायिका नुमा लिङदेन लिम्बुको आवाजमा रहेको पुर्बेली गीत ‘तेह्रथुमे ढाकाले’ को भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
इसाक जबेगुको छायाँकन, पर्शु थलङको ड्रोन तथा सम्पादन, सञ्जु थलङ र कोपिला थलङको मेकअप र नमिन बाबु तामाङको नृत्य निर्देशनमा ख्याली समेत प्रस्तुत गरिएको भिडियोमा एलसि राई र बिमला खजुम लिम्बुले दमदार अभिनय गरेका छन् ।
रोमियो फिल्मसको पोष्ट प्रडक्शन रहेको भिडियोमा नुमा लिङदेन, कृष्णभक्त राई, प्रेम लिङ्देन, सबिता राई , सृजना तावा लिम्बु, सपना मेन्याङ्बो लिम्बु, स्वस्तिका तुम्सा, सानु इधिङ्गो लिम्बु, कैलाश गुरुङ, टेकेन्द्र चेम्जोङ, नरेश वनेम, प्रकाश लिम्बु लगायतको समेत अभिनय रहेको छ ।
कृष्णभक्त राई संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् भने यादन सेर्मा, निरन्ता नेम्वाङ, जीवन मुकारुङ र गंगा सिङजाङगो लिम्बूको कोरस भोकल रहेको छ ।
बिबेक बेघा, छयम चेम्जोङ्, रिता जबेगु, शुक्र बेघा, प्रमिला तुम्बाहाङ्फे लगायतको च्याब्रुङ नृत्य रहेको भिडियो निर्देशक हाङ चेम्जोङको अफिसियल युट्यूव च्यानल हाङ्स प्रडक्शन मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…