‘सम्मान मिस लिम्बू’को ताज तेह्रथुमकी भिनुमा पाहिमलाई - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सम्मान मिस लिम्बू’को ताज तेह्रथुमकी भिनुमा पाहिमलाई

 


चैत १२, काठमाडौं । तेह्रथुम खाम्लालुङकी भिनुमा पाहिम लिम्बूले ‘सम्मान मिस लिम्बू’को ताज हत्याउन सफल भएकी छन् ।

बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा सम्पन्न ‘सम्मान मिस लिम्बू–२०७९’ का आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भिनुमाले छैटौं ‘मिस लिम्बू’ को ताज जितेकी हुन् ।

याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअप भएका छन् ।


‘सम्मान मिस लिम्बू’को ताज हत्याएसँगै भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटर र गिफ्ट ह्याम्परसमेत प्राप्त गरेकी छन् । यस्तै भिनुमालाई ‘मिस लिम्बू २०१७’ डा. अविसा फुदोङ लिम्बूले आफ्नो ताज पहिर्याएकी थिइन ।

यसैगरि फस्ट रनरअप काजलले नगद एक लाखसहित गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित प्राप्त गरेकी छन् ।


प्रतियोगिताको मुख्य निर्णायकहरुमा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत रहेका थिए ।

प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटलमा समेत अवार्ड प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित खवर