दिपेन्द्र खड्काको 'सितल पवन' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्र खड्काको ‘सितल पवन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत १८, काठमाडौं । गीतकार दिपेन्द्र खड्काको शव्द तथा लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतमा सजिएको सुमधुर गीत ‘सितल पवन’ भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायीका मिलन नेवार र गायक सन्तोष फागोको आवाजमा सजिएको ‘सितल पवन’ भिडियो साईराम पिक्चर्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


राहुल बराईलीको निर्देशन तथा एलन रेसमको मुख्य सहायक निर्देशन रहेको भिडियोमा उत्तम श्रेष्ठ (सिसिर) र समारिका ढकालको अभिनय रहेको छ ।

मुकेश हुमागाई र टिमको छायांकन, कबिता तोलाङगीको मेकअप, बिशाल लामाको ड्रोन रहेको भिडियोमा मिन रावलले सम्पादन गरेका छन् ।

बिषम आचार्यको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर