लाजेहाङ्लाई सहिद घोषणा गर्ने सरकारको निर्णय - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लाजेहाङ्लाई सहिद घोषणा गर्ने सरकारको निर्णय

चैत २५, काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधमा बिराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते भइ निधन भएका लाजेहाङ लिम्बू (पदम) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन् ।

उनले भनिन्,’नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ।’

गत चैत ५ गते प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा भएको झडपमा लाजेहाङ्को टाउकोमा गम्भीर चोट लागेको थियो ।

त्यसपछि उपचाररत लाजेहाङको चैत १० गते शुक्रबार विहान २ः३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।

प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति कोशी प्रदेशको नामाकरण खारेजी, लाजेहाङ्लाई सहिद घोषणालगायतको मागसहित आन्दोलित छ।

 

सम्बन्धित खवर