- कवि सुक योङहाङ
नयाँ बर्ष
नयाँ वर्ष
अनि तिम्रो याद
उस्तै उस्तै रहेछ ।
फरक यति छ ।
नयाँ बर्ष सालमा
एक पटक आउछ ।
तर, तिम्रो याद
छिन छिनमा आउछ ।
मुटुको धड्कनसंगै आउछ ।
प्रेम पिडा रहेछ ।
जल्नु रहेछ ।
तड्पनु रहेछ ।
मुना मदन जस्तै ।
लैला मज्नु जस्तै ।
के आखिर माया
एक्लिनु नै हो ?
छुट्नु नै हो ?
पुरानो साल जस्तै
सम्झना बनेर ।
याद बनेर ।
कोशी प्रदेश मुर्दावाद ।।
आज,
अथाह बाँढिएका सपनाहरु ।
सहिद जस्तै ।
अलपत्र परेका छन् ।
कतै बाटोमा
टाउको मात्र देखाएर बसेका छन् ।
कतै आधा
शरिरमा अडेका छन् ।
के जनताका चाहाना केही हैन् ?
पहिचान खोज्ने अधिकार छैन् ?
निरङ्कुश बनेर ।
स्वार्थी बनेर ।
शक्ति पर्दशन गर्नै पर्छ ?
बास्तवमा,
छिमेकी खुसी पारेको हो ।
सासक सर्बे सर्ब भएको हो ।
हजाराै शहिदहरुलाई शोध ।
भित्तामा टाँसिएको रगतलाई शोध ।
के जन युध्द कोशि खोलाले लडेको हो ?
अब,
फुटाल्नु छ एकल नश्लबाद ।
कोशी प्रदेश मुर्दाबाद ।
कचनकवल – ७, झापा