राजेन्द्रको निर्देशन तथा आवाजमा अजयको 'सानिवा' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, कार्तिक ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेन्द्रको निर्देशन तथा आवाजमा अजयको ‘सानिवा’ सार्वजनिक(भिडियो सहित)

 

चैत ३०, काठमाडौं । गायक तथा संगीतकार राजेन्द्र केरुङ लिम्बूको पहिलो रेकर्डेड गीत साथै डेव्यू निर्देशन रहेको भिडियो ‘सानिवा'(हृदय) सार्वजनिक गरिएको छ ।

 

श्रष्टा एवं सञ्चारकर्मी अजय अलङकार कुलुङको शव्द र संगीतमा सजिएको कुलुङ भाषाको गीत ‘सानिवा'(हृदय)को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ गायक शम्भु राईको प्रमुख आतिथ्यतामा बिहिवार चावहिल सरस्वतीनगर स्थित कुजनु रेस्टुरेन्ट एण्ड सेकुवा कर्नरमा एक कार्यक्रमबिच उक्त भिडियो सार्वजनिक गरिएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ गायक शम्भु राई, किरात खालिङ राई उत्थान संघका पुर्व केन्द्रिय अध्यक्ष धन खालिङ, कवि तथा साहित्यकार जानुका राई, कुलु मिम्छा गुस्खमका सल्लाहकार शकुन्तला छेन्हो कुलुङ, नेकपा माओबादी केन्द्र सोलुखुम्बुका जिल्ला संयोजक एवं थुलुङ, दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपा माओबादी केन्द्र प्रदेश नं. १ सह-सचिव सागर किराँती लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

श्रष्टा अलङकारको पाचौं कोसेली ‘सानीवा’ (हृदय) नामक एल्बममा सग्रहित शिर्ष गित ‘सानिवा’को मेल भर्सनको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फिमेल भर्सनमा आभा मुकारुङ आवाजमा यस अघि नै सार्वजनिक भईसकेको छ ।

पबिधन खालिङको संगित संयोजनमा किशोर थापाको मिक्सिङ रहेको गीतको रेकर्डिङ साजन शाहले गरेका हुन ।

 

सृजन शिरीषको छायांकन तथा सम्पादन रहेको भिडियोमा अजय अलङकार र छमछमी सिजन ३ का फष्ट रनरअप मनिता बुख्खो कुलुङको अभिनय रहेको छ ।

कुलुङ संस्कृती, भेषभुषा सहित एक युवाको गायक बन्ने अधुरो सपना लाई कलात्मक ढङ्गले प्रस्तुत गर्न खोजिएको महाकुलुङको गुदेलमै पुगेर छायांकन गरिएको भिडियोमा फैलिमाया कुलुङ, समीप कुलुङ, बालकलाकारहरु संस्कृती कुलुङ र रेवन्त कुलुङको समेत अभिनय रहेको छ ।

 

एक दशक अघि रेकर्ड गरिएको कुलुङ भाषामा सजिएको गीतको भिडियो अजय अलंकार अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर