- आन्छुमे नसान
बैशाक १५, काठमाडौं । प्रदेश नं १ को ननम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलन चर्किरहेको बेला ‘प्रदेशको नाम कोशी खारेज गर’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार ब्रविम सेर्मा लिम्बूको शव्द तथा संगीतमा २७ जना गायक गायीकाहरुको सामुहिक आवाजमा रेकर्ड गरिएको कोशी प्रदेश नमकरणको बिरुद्धमा तयार पारिएको ‘प्रदेशको नाम कोशी खारेज गर’ बोलको गीत ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पहिचानको आन्दोलन चर्किरहेको बेला आन्दोलनलाई थप ससक्त बनाउने उदेश्यका साथ तयार पारिएको गीतमा गायक तथा गायीकाहरु ब्रबिम सेर्मा, दिपक लिम्बु, अशोक मुकारुङ, भिम लिम्बु , यादन सेर्मा, रुकमान लीम्बु, जेपि नेम्बाङ, कन्चल थलङ, सबिना योङ्हाङ, सुनिता सन्यक, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङ, तिर्सना नेम्बाङ, लेखनाथ चेम्जोङ, नरेस तुम्बहाम्फे, शाहिल लिम्बु,
एकान्त आङ्देम्बे, उदय बेघा, नोगेन लिम्बु, राजेन्द्र केरुङ, गोबिन्द चेम्जोङ, तारा थेबे, शम्भु फोम्बो, दिबश नेम्बाङ, मोहन मादेन, तानाम तान्छो लावति र आशिस लिम्बु लगायतले आवाज दिएका छन् ।
सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको भिडियोको सम्पादन जीवन मुकारुङले गरेका छन् ।
भिडियो हेर्नुहोस…