दिनेश माङमुको निर्देशनमा ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

 

बैशाक १६, काठमाडौं । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा रोमान्टिक गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक गरिएको छ ।

 

गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको आवाजमा सजिएको गीत ‘लभ पर्ला जस्तो छ’ भिडियो सार्वजनिक गरिएकाे हो ।

राजनराज शिवाकोटीको शब्द तथा संगीतमा देवेश राईको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ ।

 

प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा चर्चित नायिका प्रियंका कार्की र चर्चित नायक नाजिर हुसेनले अभिनय गरेका छन् ।

राजीव समरको कोरियोग्राफीमा अर्जुन तिवारीको छायांकन र अनिल रानाको सम्पादन र कलर रहेको भिडियो नेपाल मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर