पुर्ण र जोयाना अभिनित 'चार आनी औँठी' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र जोयाना अभिनित ‘चार आनी औँठी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २३, काठमाडौं । गायक अर्जुन लिम्बू र गायीका बसन्ती लिम्बू थेबेको आवाजमा जसु थेबे लिम्बूको शव्द रहेको गीत ‘चार आनी औँठी’ सार्वजनिक गरिएको छ ।

 

गायक तथा संगीतकार गोबिन्द चेम्जोङ लिम्बूको संगीतमा पुर्ण लिम्बू र जोयाना लिम्बूको अभिनय रहेको गीत ‘चार आनी औँठी’ को भिडियो सार्वजनिक गरिएको हो ।

बिजय मगरको निर्देशनमा दिप्सन लिम्बू र रमेश राईको आतिथ्य रोल रहेको भिडियोको गीतमा सिता बस्नेत, बिजय लामा र सम्बिराज लिम्बूको कोरस आवाज रहेको छ ।

 

मायालु प्रेमिल जोडिको मन मिले पछि सुटुक्कै भागेर एक भएको कथा प्रस्तुत गरिएको भिडियोमा सनम तामाङको छायांकन, गीताञ्जली योगीको मेकअप र अर्जुन खड्काको सम्पादन तथा कलर रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सरगम संगीत परिवार अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर