संयुक्त संघर्ष समितिको शान्तिपूर्ण राँके जुलुस प्रदर्शनमा, प्रहरी र पहिचान पक्षधरबीच झडप - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समितिको शान्तिपूर्ण राँके जुलुस प्रदर्शनमा, प्रहरी र पहिचान पक्षधरबीच झडप

  • निरन राई

बैशाक २७, दमक । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंगलबार झापाको दमकमा आयोजना गरेको शान्तिपूर्ण राँके जुलुस कार्यक्रम सम्पन्न भएको छ ।

 

पहिचान पक्षधरले निकालेको राँके जुलुस प्रदर्शनमा प्रहरीले दमन गरी राँको प्रहरीले खोसेर निभाउन खोज्दा आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ।

झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको प्रहार गरेका छन् । यस क्रममा दर्जनौ आन्दोलनकारी घाइते भएका छन्।

 

यसरी घाइते हुनेमा इलाम चुलाचुली १ का गजेन्द्र फागो, अर्जुनधारा ११ झापाका निर्मला लिङदेन, दीक्षा क्षेत्री, लगायत पहिचानवादी आन्दोलनकर्मीहरु घाइते भएको संघर्ष समितिले जनाएको छ । अन्य विवरण भने आउन बाँकी रहेको छ ।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलनरत पहिचान पक्षधरले आज दमकमा शान्तिपूर्ण राँके जुलुसको आयोजना गरेको संघर्ष समितिले जनाएको छ ।

 

कोशी नाममा हस्ताक्षर गर्ने सांसद र उनीहरूलाई आदेश दिने दलका नाइके विरुद्ध विरोध जारी रहेको भूमिमा बहिष्कार र विरोधलाई अझ सशक्त बनाउन आज राँके जुलुस आयोजना गरिएको संयुक्त संघर्ष समितिको एक घटक पहिचान सहितको प्रदेश नं। १ पुनः नामाङकन अभियान समितिले जनाएको छ ।

त्यसैगरी वैशाख २८ बाट ८२ सांसद र उनीहरूका दलीय शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थान, उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधका कार्यक्रम गर्ने र यसका लागि होटलमा बस्न र कार्यक्रम गर्न हल नदिन सम्बन्धित पक्षहरूलाई अनुरोध पत्र दिने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिको एक घटक पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

 

सम्बन्धित खवर