जेठ १, धरान । याक्थुङ युवा मंचको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार धरानमा सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा राजेन्द्र इधिङ्गोलाई निर्वाचित गरेको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा सुभास लुम्फुङ्वा, उपाध्यक्षद्वयमा सुनिल आङ्बो र मनेश आङ्बो महासचिवमा सङ्गिता सुहाङ र उप महासचिवमा मन कुमार आङ्देम्बे, सचिवमा अनिल लिम्बू र कोषाध्यक्षमा अरुणा आङ्बुहाङ चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा नारायण सम्बाहाम्फे, सन्जोक मादेन, वसन्त आङ्बो, कुमार यक्वा (मौसम), मछिन्द्र लोवा, रस्मिता लिम्बु र रोजा जबेगु चयन भएका छन् ।