हाङको निर्देशनमा शान्ता केरुङको पालाम 'मिम्जिरेन याङघेक' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा शान्ता केरुङको पालाम ‘मिम्जिरेन याङघेक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ १, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार शान्ता केरुङ लिम्बूको शव्द तथा लय संकलनमा पालाम ‘मिम्जिरेन याङघेक’ सार्वजनिक गरिएको छ ।

गायीका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूको आवाजमा गंगा फियाक र शिव सम्बाहाङफेको कोरष आवाज रहेको पालाम ‘मिम्जिरेन याङघेक’ सार्वजनिक गरिएको हो ।


पालाममा राम सिङ् तुम्बाहाङ्फे, दिपा सुहाङ्, टेकेन्द्र चेम्जोङ्, अमृता नाल्बो, पूर्ण लिम्बु, सन्जु थलङ्, अर्पण फियाक, सुनिता फागो, युगल लिम्बु र आस्मा लक्सम लगायतले अभिनय गरेका छन् ।

 

सुजन दाहालको छायांकनमा,
सञ्जु थलङर फिशा थापा मगरको मेकअप रहेको पालाम भिडियोमा पर्शु थलङको सम्पादन रहेको छ ।


किङ स्टुडियोमा रेकर्ड गरिएको पालामको भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर