दार्जिलिङका स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन २ को उपाधि - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दार्जिलिङका स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन २ को उपाधि

जेठ ६, काठमाडौं । भारत दार्जिलिङका स्पन्दन आङबो सुब्बाले द भ्वाइस किड्स नेपाल सिजन-२ को उपाधि चुमेका छन् ।

शुक्रबार राती सम्पन्न भएको ग्राण्ड फिनालेमा कोच प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धा गर्दै सुब्बाले भ्वाइस किड्सको उपाधि चुमेका हुन् ।

उपाधि जितेसँगै सुब्बाले भ्वाइसको ट्रफी र १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।


हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले विजयी सुब्बालाई पुरस्कार प्रदान गरे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

 

सम्बन्धित खवर