थोकफेला र लक्षमणको पालाम 'थोकफेला फुल्यो' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र लक्षमणको पालाम ‘थोकफेला फुल्यो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

 

जेठ ९, काठमाडौं । गायीका थोकफेला लिङदेन र गायक लक्षमण कुरुम्बाङको आवाजमा पालाम ‘थोकफेला फुल्यो’ सार्वजनिक गरिएको छ ।

 

बिनोद आङदेम्बेको शव्द संकलन तथा शिव कुमार सम्बाहाङफेको लय संकलन रहेको पालाम ‘थोकफेला फुल्यो’ को भिडियो सार्वजनिक गरिएको हो ।

पालाममा थोकफेला लिङदेन, मनकुमारी खिम्दिङ, नुसीहाङमा सावदेन, सुनिता किराती, लोकमाया पालुङवा, चित्रमाया सम्बाहाङफे, खड्क साम्बा, रानिटारे साईला, लक्षमण कुरुम्बाङ, रामप्रसाद लाओती, लावुनहाङ केरुङ, मानबहादुर खपाङगी, देवराज आङदेम्बे र पिमुक इवाहाङ लगायतले अभिनय गरेका छन् ।

थोकफेला गार्मेन्टको प्रस्तुतिमा श्याम लिम्बूको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

 

सुनिता किरातीको मेकअपमा कृ्ष्ण थलङले छायांकन तथा सम्पादन गरेको पालाम भिडियो सिमिक्लुङ दर्पणबाट सार्वजनिक गरिएको हो ।

 

पालाम हेर्नुहोस…

सम्बन्धित खवर