थोकफेला र राजुको किरात भजन 'मुन्धुमलाई पुजौं' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र राजुको किरात भजन ‘मुन्धुमलाई पुजौं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ १५, काठमाडौं । पछिल्लो समय नेपाली तथा किराती लिम्बू गीत संगीतमा लागि पर्नुभएकी लोकप्रिय गायीका थोकफेला लिङदेन र गायक तथा संगीतकार राजु आङदेम्बेको आवाजमा किरात भजन ‘मुन्धुमलाई पुजौं’ सार्वजनिक गरिएको छ ।

 

गीतकार अम्बर राईको शव्द तथा गायक तथा संगीतकार राजु आङदेम्बेको संगीतमा किरात भजन ‘मुन्धुमलाई पुजौं’ सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा राजु आङदेम्बेको मिक्सिङ तथा मास्टरिङ रहेको भजन गीतको भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।

 

जीवन सुब्बाको निर्माणमा सुनिता किरातीको मेकअप रहेको भिडियो एम.एन.ए(भुटान नेपाल अमेरिका) चौतारी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर