- आन्छुमे नसान
जेठ १७, काठमाडौं । साहित्यकार थाकुहाङ मेरिङको शब्द संकलनमा लोकप्रिय गायीका थोकफेला लिङदेन र गायक बिवस नेम्बाङको स्वर रहेको पालाम ‘सामेन प्याङसी’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार इन्द्रशुसिल चोङबाङ लिम्बूको लय संकलनमा मनोज साङसोन राईको संगीत संयोजनमा किरात लिम्बू संस्कृतिमा आधारित पालाम ‘सामेन प्याङसी’ सार्वजनिक गरिएको हो ।
बिवाह जस्तो शुभ कार्यमा नाचिने पालाम प्रस्तुत गरिएको भिडियोमा थोकफेला लिङदेन, बिवस नेम्वाङ, कल्पना चाम्लिङ राई, सुबास राई, रन्जित बोखिम राई, शान्ता बलम्पाकी, सुकमान कुलुङ राई, टिना खालिङ राई, सन्तोष दुमी राई, सृजना दुमी राई, रनबिर लिङखिम, सञ्चकुमारी राई, देशहाङ खवाहाङ र सुनिता चाम्लिङ राईले अभिनय गरेका छन् ।
सुरेश राईको रेकर्डिङ र राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको पालामको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ भने, ड्रोन छायांकन नाम्बिनहाङ लिङदेनले गरेका छन् ।
सुनिता किरातीको मेकअप तथा थोकफेला गार्मेन्टको पहिरन रहेको पालाम भिडियो गायीका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस …