माङसेबुङका चोत्लुङहाङ ‘मेरो भ्वाइस युनिभर्स’को ग्रेण्ड प्रिमियरमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका चोत्लुङहाङ ‘मेरो भ्वाइस युनिभर्स’को ग्रेण्ड प्रिमियरमा

  • आन्छुमे नसान

जेठ १९, काठमाण्डौं । इलामको माङसेबुङले जन्माएका प्रतिभाशाली उम्दा गायक चेत्लुङहाङ केदेम लिम्बू पहिलो इन्टरनेश्नल सिङगिङ रियालीटी सो ‘मेरो भ्वाइस युनिभर्स’को ग्रेण्ड प्रिमियरमा प्रवेश गरेको छ ।

बिहिबार राति ‘मेरो भ्वाइस युनिभर्स’ एपिसोड १० प्रशारण भएसँगै मेगा अडिशन पार गरेर टप ३० मा पर्दै गायक लिम्बू ग्रेण्ड प्रिमियरमा प्रवेश गरेको हो ।

विश्व भरिका नेपाली गीत संगीतलाई माया गर्ने नेपाली भाषीहरुको प्रतिभा प्रष्फुटन गर्ने गराउने उदेश्यले हरेक हप्ताको बुधबार र बिहिबार राती इन्ट्रा नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको अफिसियल युट्यूव च्यानलबाट प्रशारण भइरहेको मेरो भ्वाइस युनिभर्सको मञ्चमा लिम्बू सहित ३० जना प्रतिभाहरु ग्रेण्ड प्रिमियरको लागि छनोट भएका छन् ।

नेपाली भाषा, सस्कृतिको संरक्षण, समाजमा उत्पन्न भएका विभिन्न समस्यहरूको सामाधानको निम्ति रचनात्मक सहयोग र उचित ब्यवस्थापनको लागि पहल कदमी र सामाजिक कार्यमा मनैदेखी लागि पर्ने उदेश्यले स्थापना गरिएको इन्ट्रा नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको परिकल्पना र प्रस्तुति रहेको मेरो भ्वाइस युनिभर्सको मञ्चमा संसार भरिका हजारौं नेपाली भाषी नेपाली गीत संगीत प्रेमी प्रतिभाहरुले सहभागिता जनाएका छन् ।

मेरो भ्वाइस युनिभर्सको उपाधि बिजेताले इक करोड रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

लिम्बूले यस अघि सिङगिङ रियालीटी सो माङसेबुङ इक्ला र पुर्वाञ्चल सिङगिङ स्टारको उपाधि समेत जितेका छन् ।

सम्बन्धित खवर