- आन्छुमे नसान
जेठ २०, काठमाडौं । गायक नन्दु गुरुङ र गायीका ममता गुरुङको आवाजमा प्रेमिल गीत ‘माया गरौंला’ सार्वजनिक गरिएको छ ।
निर्देशक जनरानी चेम्जोङको निर्देशनमा बिमला खजुम लिम्बू, पुर्ण लिम्बू, सन्जीव राना मगर र श्रेयसी चेम्जोङको अभिनय रहेको प्रेमिल गीत ‘माया गरौंला’को भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
रमिला बानको शव्द तथा संगीतमा अशोक थापाको संगीत संयोजन रहेको गीत किङ स्टुडियोमा रेकर्ड गरिएको हो भने, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
त्रिकोनात्मक प्रेमकथा प्रस्तुत गरिएको भिडियोमा सन्जु थलङको मेकअप तथा इशाक जवेगुको छायाकंन तथा सम्पादन रहेको छ ।
नन्दमान तुम्बापोको निर्माण रहेको भिडियो बिमला खजुम लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुुहोस्…