बिक्रमको निर्देशनमा यादन र गंगाको ‘ताम्के’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा यादन र गंगाको ‘ताम्के’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २४, काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र लोकप्रिय गायीका गंगा फियाकको सुमुधुर आवाजमा लिम्बू संस्कृतिमा आधारित लोपन्मुख साम्लो ‘ताम्के’ सार्वजनिक गरिएको छ ।

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा मिना नेम्बाङ र एमके योङहाङको अभिनय रहेको लोपन्मुख साम्लो ‘ताम्के’ भिडियो बुधबार सार्वजनिक गरिएको हो ।

सागर केरुङको शव्द तथा लय संकलनमा यादन सेर्माको लय सम्पादन रहेको ताम्केको भिडियोमा इश्वरी श्रेष्ठको मेकअप र कृष्ण थलङको छायांकन, ड्रोन, कलर तथा सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको ताम्के साम्लो यादन सेर्मा लिम्बू अफिसिय युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर