संगीत मनको भाव पोख्ने माध्यम हो : पिंकी - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत मनको भाव पोख्ने माध्यम हो : पिंकी

संगीत र कलाको उर्वर भूमि सिक्किमा याक्थुङ गीत संगीतलाई विश्वव्यापीकरण गर्ने उदेश्यले नियारा प्रडक्शनद्वारा पहिलोपटक आयोजना गरिएको ’याक्थुङ आईडल’ २०२१ को उपाधि जितेसँगै गीत संगीतको दुनियाँमा पैला चालेकि सुमधुर आवाजका धनि लोभलाग्दो प्रतिभा हुन गायीका पिंकी बेघा लिम्बू ।

सानै उमेरमै गीत गाउन थाले पनि ’याक्थुङ आईडल’ मा सहभागी भएपछि भने प्रोफेशनल रुपमा गाउन थालेकी बताउने पिंकी यतिखेर गीत संगीतमानै छुट्टै पहिचान बनाउन खोजेरहेकी छन् । बाल्यकालमा अत्यधिक गीत सुन्ने, गीत सुनेर त्यहीँ गीत गुनगुनाउने गरेकी र पछि स्कुल र कलेजको कार्यक्रममा गाउँदा भने सबै साथीसंगीहरुले तिमी राम्रो गाउँछौ, तिम्रो स्वर राम्रो छ भनेर हौसला दिने गरेको बताउने पिंकी आज साथीसंगीको तिनै हौसलाको प्रेरणाबाट कला क्षेत्रमा लागेको बताउँछिन ।

‘संगीत मनको भाव पोख्ने माध्यम हो’ पिंकी भन्छिन्, ‘सुर, ताल र लयको समिश्रणबाट मन भित्रका भावहरु पोख्न सकिन्छ ।’ उनि थप्छिन, ‘संगीतको माध्यमबाट अवस्य वाँच्न सकिन्छ तर मेहेनत, लगनशील र आत्मविश्वासका साथ निरन्तर लागिपर्नु पर्छ ।’

नियारा प्रडक्शनको निर्माणमा रेकर्ड गरिएको लिम्बू भाषाको गीत ‘छुईयामा हा हा’ बोलको गीत गाएर पहिलोपटक रेकर्डिङको अनुभव समेत बटुलेर उम्दा गायीकाको रुपमा आफुलाई परिचित गराई सकेकी पिंकी पछिल्लो समय पुर्वी नेपाल र आसाम, दार्जिलिङ, सिक्किममा खुबै रुचाईएकी प्रतिभा हुन् । मेहेनत र परिश्रममा विश्वास गर्ने आत्मविश्वासले भरिएकी पिंकी भविष्यमा पनि संगीतमानै रहेर संगीतलाईनै अगाडि बढाउने बताउँछिन् ।

पारिवारिक साथ सपोर्ट हौसला माया प्रेरणा र आशिर्वादलेनै यहाँ सम्म आईपुगेकी बताउने पिंकी आज म जे छु, जस्तो छु परिवारकै कारणले छु भन्छिन् । भारत आसामको सदियामा जन्मेकी पिंकी हाल सिलिगुडीमा बस्दै आईरहेकी छन् । फेब्रवारी १४ मा आफ्नो जन्मदिन मनाउने पिंकी प्रेम महसुस गर्नु हो भन्छिन् । अहिलेसम्म पारिवारिक प्रेममा मात्र रहेकि बताउने उनि भविष्यमा हेरौं भन्छिन् ।

गीत लेखन अहिलेसम्म नगरेको बताउने उनि भविष्यमा गीत लेखन कार्यमा पनि लाग्ने सुनाउँछिन । यस्तै अहिलेसम्म मोडलिङ त गरेकी छैन तर भविष्यमा भने पक्कै मोडलिङ गर्ने रहर छ भन्छिन् पिंकी । याक्थुङ आईडलबाट गीत संगीतको यात्रा तय गरेकी पिंकी बेघा लिम्बूको साँगितिक यात्रा खास अनि सार्थक बन्न सकुन लुङमेन्दीङ नोनिङवा…

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर