गंगा र बिवसको ‘तरेमा हुक्वा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र बिवसको ‘तरेमा हुक्वा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ४, काठमाडौं । गायीका गंगा फियाक र गायक बिवस नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक गीत ‘तरेमा हुक्वा’ सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङको शव्दमा बिवस नेम्बाङ कै लय संकलन रहेको पालाम, ख्याली समेत समावेश गरिएको रोमान्टिक गीत ‘तरेमा हुक्वा’ सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको भिडियोको छायांकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

सञ्जु थलङको मेकअपमा गंगा र बिवसले नै फिचरिङ गरेको भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस 

सम्बन्धित खवर