- आन्छुमे नसान
असार ४, काठमाडौं । गायीका थोकफेला लिङदेन र गायक शाहिल यङवागो लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘पहिलो भेटमै ए हजुर’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार राजु आङदेम्बेको शव्द तथा लय संकलनमा पुर्वेली लोकभाकाको गीत ‘पहिलो भेटमै ए हजुर’ सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङमा किङ् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।
सुनिता किरातीको मेकअप रहेको भिडियो सिमिक्लुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…