असार ४, माङसेबुङ। इलामको माङसेबुङमा स्थानीय समचार खोजी, लेखन र मल्टिमिडिया तालिम सञ्चालन हुने भएको छ ।
माङसेबुङ पव्लिकेशन एण्ड मिडिया प्रा.लि. र मेवानाम्बिन सञ्चार संस्थाको संयुक्त आयोजनामन माङसेबुङ ५, स्थित भालुटनरमा भोलि असार ५ गतेदेखि ११ गतेसम्म एकहप्ते सो तालिम सञ्चालन हुने भएको हो ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने सो तालिममा पालिकाका ६ वटै वडाबाट सिफारिस भएका र स्थानीय सञ्चार संस्थाहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रहने जनाइएको छ ।
तालिममा फोनिज संघीय उपाध्यक्ष कमन देवान, नयाँ पत्रिका दैनिकका चिरञ्जीवी घिमिरे र सञ्चाकर्मी भिषण राईले सहजिकरण गर्ने तालिम व्यवस्थापन संयोजक ज्ञानु केदेमले बताए ।