- आन्छुमे नसान
असार ५, काठमाडौं । गायक कैलाश बि.क.को मनछुने आवाजमा मर्मस्पर्शी गीत ‘जीन्दगीमा फगत रित्तो’(मेल भर्जन) सार्वजनिक गरिएको छ ।
गीतकार मदन माबोको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा मनछुने गीत ‘जीन्दगीमा फगत रित्तो’(मेल भर्जन) सार्वजनिक गरिएको हो ।
यस अघि यस गीतलाई गायीका बिनुसा राईको आवाजमा सार्वजनिक गरिएको थियो ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
योगेन मुकारुङको छायांकन तथा जीवन मुकारुङ सम्पादन रहेको भिडियो गायक सेवा इन्टरटेन्मेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…