माङसेबुङमा सात दिने पत्रकारिता तालिम सुरु - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा सात दिने पत्रकारिता तालिम सुरु

असार ५, माङसेबुङ । माङसेबुङमा स्थानीय समाचार खोजी, लेखन र मल्टिमिडिया सम्बन्धि सात दिने तालिम मंगलबार सुरु भएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र मेवानाम्बीन सञ्चार संस्थाको संयुक्त आयोजनामा सप्ताहव्यापी तालिम आयोजना गरिएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो ।

यसरी अतिथिहरु नेकपा एमाले प्रतिनिधि होम लिङदेन, नेपाली कांग्रेसका प्रतिनिधि दुधबहादुर लाओती, नेकपा माओवादी प्रतिनिधि विकेन्द्र योङहाङ, जनता समाजवादी पार्टीका प्रतिनिधि किसान खजुम, राष्ट्रिय जनमुक्ति पार्टी प्रतिनिधि अर्जुन सम्वाहाङफे लगायत सामाजिक, धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, भालुटारस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा मंगलबार सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । सो तालिममा सहजकर्ताहरु कमन देवान, भीषण राई, चिरञ्जीवि घिमिरे रहनु भएको छ ।

माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि.द्धारा प्रकाशित माङसेबुङ पत्रिकाका उप सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मेवानाम्बीन सञ्चार संस्थाद्धारा सञ्चालित रेडियो माङसेबुङका स्टेशन प्रमुख सुमन लाओतीले सञ्चालन गरेका थिए ।

 

तालिममा माङसेबुङको प्रत्येक वडाबाट सहभागिता गराइएको भएपनि वर्षायामको कारण सबै वडाबाट प्रशिक्षार्थी सहभागि गराउन नसकिएको माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि.द्धारा प्रकाशित माङसेबुङ पत्रिकाका उप सम्पादक ज्ञानु केदेमले बताए ।

सम्बन्धित खवर