असार ८,कुम्मायक । पाचथर जिल्लाको दक्षिणी भेकमा रहेको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा किरात याक्थुङ चुम्लुङ कुम्माययक गाउँ कार्य समितिले आ?नि पा:न पठनपाठन शिक्षण बारे शिक्षक शिक्षिकाहरुलाई लिम्बुभाषा लिपि प्रवर्द्धन सम्बन्धि दुइदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
लोपोन्मुख अवस्थामा रहेको लिम्बु भाषा र किरात सिरिजङ्गा लिपि पुनर उत्थान साथै सँस्कृति संरक्षण र सम्बर्द्धनका लागि असार ६ र ७ गते उक्त प्रशिक्षण गराइएको हो ।
कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको समापन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावतिले लिम्बू भाषा लिपि सस्कार सँस्कृति बारे प्रबर्द्धनको लागि आफू सधै तयार रहेको तर धर्मको बिषयमा केही बिवाद देखिएकोले किरात याक्थुङ चुम्लुङ् संस्था यश बिषयमा गम्भीर भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
याक्थुङ समुदाय भित्र रहेको आर्थिक सामाजिक साँस्कृतिक राजनीतिक र धार्मिक क्रान्तिको सवालमा ऐक्यबद्वताको उभार ल्याउन सक्ने सस्था किरात याक्थुङ चुम्लुङ् सस्था नै रहेको लावतिले बताए ।
गाउँपालिकाको १ नम्बर वडामा लिम्बु भाषा तथा किरात सिरिजङ्गा लिपि सरकारी कामकाजको लागि लागू गर्ने अभियान सुरु हुने भएपछि याक्थुङ समुदायको शैक्षिक स्तर वृद्धि हुने भन्दै भाषा बाचे जाती बाच्ने सिद्ध मा.बि.का प्रधानअध्यापक तथा नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष नरेन्द्र सम्बाहाम्फेले बताए ।
विभिन्न बिधालय बाट सहभागी भएका प्रशिक्षार्थीहरुले प्रत्येक बिधालयहरुमा आ?नि पा:न पठनपाठनको लागि छुट्टै दरबन्दी दिइनु पर्नेपनि माग पनि गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँकार्य समितिका पुर्व सचीव तेजेन्द्र चेम्जोङ होसन्नाले आ?नि पा:न पठनपाठनमा खटिएका शिक्षक शिक्षिकाहरुको तलव वृद्धि हुनुपर्ने बताउनुका साथै किरात याक्थुङ चुम्लुङ बिसुद्ध संस्था भएकोले स्थानीय सरकारले लक्षित बर्गका भाषा लिपि सस्कार सँस्कृति संरक्षण भेषभुषा सम्बर्द्धन र बिकासका लागि छुट्टै बजेट ब्यबस्थापन गरे हुने चेम्जोङले बताए ।
कियाचु कुम्मायक गाउँ कार्य समितिले कुम्मायक गाउपालिकाको कार्यलयमा आ?नि पा:न लिम्बू भाषा तथा लिपि पठनपाठनमा काम गरिरहेका शिक्षक शिक्षिकाहरुको तलव वृद्धि साथै गाउँ पालिकामा रहेका १८ बिधालयमा लिम्बू भाषा लिपि पठनपाठनको लागि छुट्टै दरबन्दी दिइनुपर्ने जोड गर्दै मागपत्र समेत बुझाएको छ ।
संस्थाका अध्यक्ष पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो ।