बिक्रमको निर्देशनमा यादन र आशाको पालाम ‘ईत्छिङमारे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा यादन र आशाको पालाम ‘ईत्छिङमारे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ८, काठमाडौं । रंगकर्मी तथा निर्देशक बिक्रम वनेम फागोको निर्देशनमा गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायीका आशा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू कला संस्कृतिमा आधारित पालाम ‘ईत्छिङमारे’ सार्वजनिक गरिएको छ ।

स्वर्गिय फिप सुहाङको शव्द संकलन तथा यादन सेर्मा ‘नुनाम’कै लय संकलन रहेको लिम्बू कला संस्कृतिमा आधारित पालाम ‘ईत्छिङमारे’ सार्वजनिक गरिएको हो ।


दिप केरुङ र आशा सुहाङको अभिनय रहेको पालाम साम्लोमा मिना नेम्बाङ, राजन फागो वनेम र एम के योङहाङ(चापेतीको बाउ) को समेत आतिथ्य भूमिका रहेको छ भने बाल कलाकरको रुपमा श्रृष्टि थेबे लिम्बूले अभिनय गरेकि छन् ।

ब्रदर्श प्रडक्शनको पोष्ट प्रडक्शन रहेको पालाम साम्लोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन र कलरिङ रहेको छ भने क्यामरा टेकर उज्वल राई र मेकअप इश्वरी श्रेष्ठ राई(मनसुन हेयर शैलुन, दमक) को रहेको छ ।


मनोज साङसोन राईको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको पालाम साम्लोमा स्कृप्ट कन्टिनीटी भवानी आङदेम्बे, पोष्ट मेनेज्मेन्ट अनिल थोप्रा लिम्बू र याङबुङ थाका प्रडक्शनको पहिरन रहेको छ ।

पालाम सम्लो ओरिजिन नेपाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम साम्लो हेर्नुहोस…

सम्बन्धित खवर