पुर्ण र कमला अभिनित श्रेयसी र अनिलको ‘तिम्रो स्पर्श’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र कमला अभिनित श्रेयसी र अनिलको ‘तिम्रो स्पर्श’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान
असार ८, काठमाडौं । लोकप्रिया गायीका श्रेयसी चेम्जोङ लिम्बू र गायक अनिल लिम्बूको सुमधुर आवाजमा प्रेमिल गीत ‘तिम्रो स्पर्श’ सार्वजनिक गरिएको छ ।
गीतकार आशिस लिम्बूको शव्द र गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको प्रेमिल गीत ‘तिम्रो स्पर्श’ सार्वजनिक गरिएको हो ।
आइत जिमीको निर्देशनमा पुर्ण लिम्बू र कमला लिम्बूको अभिनय रहेको भिडियोमा सबिना उप्रेतिको मेकअप र बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको छ ।
मुस्कान मुकारुङको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको भिडियो गायक अनिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…

सम्बन्धित खवर