असार ११, काठमाडौ । सागर केरुङ्को लेखन/निर्देशन रहेको लिम्बु चलचित्र ‘के २’ सार्वजनिक गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि याक्थुङ फिल्म्स् युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।
ललितपुर नखिपोटस्थित एनएस सेकुवा घर मा आयोजित ‘प्रदेशको नाम कोसि खारेजी आन्दोलन अन्तर्गत चलचित्र के २ सार्वजानिकिकरण कार्यक्रम’ आयोजना गरि सार्वजनिक गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।
याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेका थिए । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ ।
चलचित्र ‘के’ को सफलतापछि ‘के २’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।
सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्र के २ मा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, शृङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बूको रहेकाे छ ।
चलचित्रमा यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन ।
चलचित्र ‘के’मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषय रहेको छ भने के २ मा कोसि खारेजीको विषय रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पुर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।
चलचित्र हेर्नुहोस् …