थोकफेला र चोत्लुङहाङको पुर्वेली गीत 'घुम्न जाँउला' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र चोत्लुङहाङको पुर्वेली गीत ‘घुम्न जाँउला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १३, काठमाडौं । लोकप्रिय गायीका थोकफेला लिङदेन लिम्बू र मेरो भ्वाइस युनिभर्सको टप २० सम्म पुगेर चर्चा कमाएका गायक चोत्लुङहाङ केदेम लिम्बूको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘घुम्न जाँउला’ सार्वजनिक गरिएको छ ।

गीतकार बिबस माबोहाङको शव्द संकलन तथा गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलन रहेको पुर्वेली गीत ‘घुम्न जाँउला’ सार्वजनिक गरिएको हो ।


थोकफेला लिङदेन र चोत्लुङहाङ केदेमले नै फिचरिङ गरेको भिडियोमा सुनिता किरातीको मेकअप र इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

पान्थर र ताप्लेजुङको ऐतिहासिक तथा रमणीय स्थलहरुको बयाण गरिएको गीतको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर