बिक्रमको निर्देशनमा यादन र गंगाको पालाम 'मिम्जिनुमे' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा यादन र गंगाको पालाम ‘मिम्जिनुमे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १४, काठमाडौं । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायीका गंगा लिम्बू  ‘सिङजाङगो’को सुमधुर आवाजमा सजिएको लिम्बू कला र संस्कृतिमा आधारित पालाम ‘मिम्जिनुमे’ सार्वजनिक गरिएको छ ।

गीतकार सुवर्ण नेम्बाङ ‘यम्बे’को शब्द संकलन तथा यादन सेर्मा ‘नुनाम’कै लय संकलन रहेको पालाम ‘मिम्जिनुमे’ सार्वजनिक गरिएको हो ।

राज फागो वनेम र सदिक्षा तुम्बापोको अभिनय रहेको पालाम साम्लोमा दिप केरुङ र संगीता लावतीको समेत आतिथ्य भूमिका रहेको छ ।

अनिस लावतीको छायांकन रहेको पालाम साम्लोमा सुजन श्रेष्ठको सम्पादन र कलरिङ(ब्रदर्श प्रडक्शन, दमक) रहेको छ भने मेकअप इश्वरी श्रेष्ठ राई(मनसुन हेयर शैलुन, दमक) को रहेको छ ।

मुस्कान मुकारुङ राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालाम साम्लोमा भिडियो रेकर्ड तथा फोटोग्राफी भवानी आङदेम्बे  र प्रडक्शन मेनेजर अनिल थोप्रा लिम्बूको रहेको छ ।

मुन क्रिएशनको प्रस्तुति रहेको पालाम सम्लो गायक यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम साम्लो हेर्नुहोस…

सम्बन्धित खवर