एमाले सचिव योगेश भट्टराईलाई इलाममा कालो झन्डा देखाइयो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमाले सचिव योगेश भट्टराईलाई इलाममा कालो झन्डा देखाइयो

असार १४, इलाम । नेकपा एमाले सचिव तथा संघीय सांसद योगेश भट्टराई विरुद्ध पहिचान पक्षधरहरुले इलाममा कालो झण्डासहित विरोध प्रदर्शन गरेको छ ।

आज बिहिवार मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा इलाम पुगेका भट्टराईलाई कालो झन्डा देखाएर बिरोध गरेको हो ।

भट्टराईले केही दिन अघि सदनमा बोल्ने क्रममा पहिचानवादी आन्दोलनकारीहरुले केपी ओलीलाई एम्बुस थापेको, प्रदेश सभामा कोशी नाम प्रस्तावक राम राना मगरलाई आगो लगायको र सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को मृत्यु बारे सहिदकै अपमानहुने गरी बोलेका थिए ।

आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पहिचानको लागि युवाको पोषक लगाएका युवाहरुसहितको टोलीले कालो भण्डा देखाएर विरोध प्रदर्शन गरेको हो ।

सुरक्षा घेराभित्र इलाम पुगेका भट्टराई विरुद्धको गाडि छेकेर कालो झण्डा प्रदर्शन गर्दै ‘पहिचान विरोधी योगेश भट्टराई मुर्दावाद’, ‘कोशी प्रदेश नाम मान्दैनौ’ लगायतको नारा जुलुस प्रदर्शन गरेका थिए ।

 

सम्बन्धित खवर