पहिचावादीले लेखे बिर्तामोड नगरपालिकामा कोशी मेटाएर १ नम्बर प्रदेश - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचावादीले लेखे बिर्तामोड नगरपालिकामा कोशी मेटाएर १ नम्बर प्रदेश

असार १७, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको साईन बोर्डमा पहिचानवादीहरुले कोशी प्रदेश लेखिएको मेटाएर १ नम्बर प्रदेश छन् ।

आइतबार कालो झण्डासहित आएका पहिचानवादीहरुले बोर्डमा कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका हुन ।

प्रदेशको नाम कोशी खारेज गर, पहिचान बिरोधि होसियार, कोशी प्रदेश मान्दैनौं जस्ता नाराबाजी लगाएका थिए ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश १ को नाम कोशी नामाकरण राखेसंगै पहिचान पक्षधरले प्रदेश न १ पुनः नामङकन संयुक्त संघर्ष समिति गठन गरेर कोशी प्रदेश नाम विरुद्ध आन्दोलन गर्दै आइरहेको छन ।

 

सम्बन्धित खवर