सबिना र राजेन्द्रको आवाजमा पुर्वेली गित 'चोया छपनी' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना र राजेन्द्रको आवाजमा पुर्वेली गित ‘चोया छपनी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १७, काठमाडौं । गायीका सबिना योङहाङ लिम्बू र गायक राजेन्द्र चोङबाङ लिम्बूको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘चोया छपनी’ सार्वजनिक गरिएको छ ।


कलाकार विल्सन बिक्रम राई ‘तोक्मे बुढा’को शब्द तथा संगीतकार तोरेम्पाहाङ राईको संगीतमा सजिएको पुर्वेली गीत ‘चोया छपनी’ सार्वजनिक गरिएको हो ।

विल्सन बिक्रम राईको निर्देशनमा विल्सन बिक्रम राई, अनुसा राई र बिशाल लिम्बूको अभिनय रहेको भिडियोमा हेमन योञ्जनको छायांकन तथा मनोज कार्कीको सम्पादन र कलरिङ रहेको छ ।


राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा किङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा अशोक मण्डलको मेकअप तथा कमल राईको कोरियोग्राफी रहेको छ ।

इलामको माई नगरपालिकामा रहेको नवनिर्मित चेप्टी पार्क र झापामा छायांकन गरिएको भिडियो तक्मेबुढा डटकम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर