प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष बेघा सम्मानित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष बेघा सम्मानित

 

असार २०, पथरी । प्रेस मञ्च नेपालका १ न. प्रदेश अध्यक्ष तथा सेवारो पोष्ट डटकमका प्रधान सम्पादक फिपराज बेघा लिम्बु सम्मानित भएका छन् ।

पथरी शनिश्चरे नगरपालिकाले २३ वर्ष अघि पत्रकारिता थालेका बेघालाई अग्रज पत्रकारिता सम्मान २०८० बाट सम्मान गरेको हो ।

पत्रकार सम्मान, संचार माध्यम पुरस्कार तथा लेखन वृद्धि वितरण कार्यक्रममा उनलाई नगर प्रमुख मोहनप्रसाद तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सम्मान पत्र, मुहार चित्र, नगद राशी २० हजार र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

मोफसल साप्ताहिक र साइनोखबर डटकममा सम्पादक भइसकेका बेघा हाल सेवारो पोस्ट, क्रेजी डटकम साप्ताहिकलगायत मिडियाहरुमा आवद्ध छन् ।

यसवर्षको उत्कृष्ट सञ्चार माध्यम पुरस्कार प्रदेश दैनिक अनलाइनलाई प्रदान गरिएको छ । वार्षिक रुपमा वितरण गर्दै आएको नगद २५ हजार राशीको सञ्चार माध्यम पुरस्कार २०८० प्रदेश दैनिकलाई प्रदान गरेको हो ।

सम्बन्धित खवर