बन तथा बिपद व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बन तथा बिपद व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

 

असार २१, कुम्मायक । कुम्मायक गाउँपालिकाको यासोकमा कोभिड १९ लगायत विभिन्न महामारी जन्य रोगहरुको रोगथाम तथा निगरानी का लागि सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

कुम्मायक गाउँपालिका स्थित स्वास्थ्य शाखाको प्रमुख आयोजनामा भएको सो कार्यक्रममा आकस्मिक भइपरी आउने बिपदको समयमा आर, आर , टि, स्वास्थ्यकर्मी परिचालन साथै बाढी पहिरो तथा बन डढेलो जस्ता बिपद न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएको थियो ।

 

सिमृक होटल यासोकको सभाहलमा भएको उक्त कार्यक्रममा बिपदको घडी निम्तिनु भन्दा पहिला हामी चनाखो हुनुपर्ने बताइएको थियो ।

 

बर्षायामको बेला बिशेष गरेर खानेपानीका मुहानहरु सफा राख्न सके हरेक मानिसहरू विभिन्न रोग लाग्न बाट वच्न सकिने बताइएको थियो ।

 

सुख्खा क्षेत्र घोषित कुम्मायक गाउपालिकाका अधिकाम्स क्षेत्रका नागरिकले हाल तमोर पम्पिङ खानेपानी आयोजनाको लिप्टिङ प्रणाली द्वारा बितरित पानी सेवन गरिरहेकाले यो बेला नदिमा बाढी आइ पानी दुषित हुनेहुदा स्वच्छ पिउने पानीका लागि खानेपानी उपभोक्ता समितिको ध्यानाकर्षण गराइएको थियो ।

यसै क्रममा यासोक बजार एरियामा पेट्रोल तथा डिजेल ड्रमका ड्रम अव्यवस्थित तवरले बाटो बाटोमा दैनिक बिक्री बितरण भइरहेकोले कुनैन कुनै दिन अप्रिय घटना घट्न सक्ने बिचार व्यक्त गरिएको थियो ।

 

ग्यारेज तथा पेट्रोल र डिजेल बिक्रि बितरण भएको क्षेत्रमा धूम्रपान गर्दै हिड्ने र मान्छे बसाई गएर घरमा बसोबास छैन तर डढेलोका कारण उस्को घर जलेर नष्ट हुदा गाउपालिकाको कार्यलयमा पुनर्बासको निम्ति ४ लाख रुपैयाँ सम्मको क्षतिपूर्ति माग गर्ने जस्ता लापरबाहीको न्यूनीकरण बारे संबंधित निकायले छिटोभन्दा छिटो ध्यान पुर्याउनु जरुरी रहेको बताइएको छ ।

 

बन तथा बिपद व्यवस्थापन बास्केट फनमा करिब ८० लाख रुपैयाँ मौज्दात रहेपनी बर्षायाममा उमृने जंगली च्याउ सेवन गरि अनाहकमा मानिसको ज्यान जान सक्ने खतरा यसैगरी लाखौ रुपैयाँ खर्चेर स्तर उन्नति गरिएका सडकमा टेक्टर कुदाइ समस्या ज्युकोत्यु बनाउने प्रविर्ती बारे जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेर बिपद हुनु बाट सुरक्षित रहनुको विकल्प नरहेको बताइएको थियो ।

 

वडा नम्बर १ , ३ , ४ र ५ का वडा अध्यक्षहरु यसैगरी इलाका प्रहरी इन्चार्ज र पत्रकार तथा स्वास्थ्यकर्मी लगायत नागरिक समाजको उपस्थिति रहेको थियो भने स्वास्थ्य शाखा प्रमुख केदार खड्काको अध्यक्षतामा कार्यक्रम बुधबार समापन भएको थियो ।

सम्बन्धित खवर