बिक्रमको निर्देशनमा यादन, सीता र बिबिको पालाम 'कन थाङबेन नुबान' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा यादन, सीता र बिबिको पालाम ‘कन थाङबेन नुबान’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २५, माङसेबुङ रंगकर्मी तथा निर्देशक बिक्रम वनेम फागोको निर्देशनमा गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को शब्द तथा संगीतमा सजिएको रोमान्टिक लिम्बू गीत ‘कन थाङबेन नुबान’ सार्वजनिक गरिएको छ ।

गायीका सिता सिंगक लिम्बू र गायक बिबि सेर्मा लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू कला संस्कृतिलाई झल्काउने रोमान्टिक प्रेमिल गीत ‘ कन थाङबेन नुबान’ भिडियो सार्वजनिक गरिएको हो।

दिनेश माङमुको सहायक निर्देशन तथा कोरियोग्रफीमा निसाम तुम्बापो र एम के योङहाङ (चापेतीको बाउ)को अभिनय रहेको भिडियोमा राजकुमार आङदेम्बे र कृति मिभकको समेत आतिथ्य भूमिका रहेको छ ।

ब्रदर्श प्रडक्शनको पोष्ट प्रडक्शन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन र कलरिङ रहेको छ भने, सहायक छायांकन प्रविन सेलिङ ‘सेन्दो’, क्यामरा टेकर उज्वल राई र मेकअप इश्वरी श्रेष्ठ राई(मनसुन हेयर शैलुन, दमक) को रहेको छ ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा अनिल थोप्रा लिम्बू प्रडक्शन मेनेजर रहेका छन् ।

बिबि सेर्माको निर्माणमा बिबाह मा भेट भएका थाङबेन र मेन्छिनको धान नच्नलाई तानातान गरेको दृश्य देखि लिएर टिपिकल रोमान्स प्रस्तुत गरिएको भिडियो गायक तथा संगीतकार यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर