हाङको निर्देशनमा जेपी र पुष्पाञ्जली अभिनित गंगा र शिभको पालाम 'सिक्पसम्' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा जेपी र पुष्पाञ्जली अभिनित गंगा र शिभको पालाम ‘सिक्पसम्’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन १, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायीका गंगा फियाक र गायक शिभ सम्बाहाङफेको आवाजमा लिम्बू कला सँस्कृतिमा आधारित पालाम ‘सिक्पसम्’ सार्वजनिक गरिएको हो ।

गीतकार नेम खापुङको शब्द संकलनमा सृजना जबेगु र बिवस नेम्बाङले समेत आवाजमा साथ दिएको पालाम ‘सिक्पसम्’ भिडियो सार्वजनिक गरिएको हो ।


जेपी नेम्बाङ र पुष्पाञ्जली तिलिङ चोङबाङको साथमा नोगेन हाङसरुम्बा, टेकेन्द्र चेम्जोङ, सुसुहाङ काम्बाङ, शिभ सम्बाहाङफे, थमन देवान, दिलिप लुम्फुङवा, मिरा फियाक, गंगा फियाक, कुमारी लुम्फुङवा, शिक्षा पयाङगु, सुनिता पयाङगु, सबु लिम्बू, देविमाया पयाङगु, सिता लिम्बू र सुनिता लिम्बू लगायतले अभिनय गरेका छन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाममा सञ्जु थलङ र सुनिता लावतीको मेकअप, मंगल तामाङको ड्रोन छायांकन र नर्वु तामाङको सहायक छायांकन रहेको छ ।


राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेका हुन् ।

ललिता पयाङगु लिम्बू र खेम पोमु लिम्बूको निर्माण रहेको पालाम भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर