कुम्मायकमा नो कोशी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा नो कोशी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

साउन ६, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा प्रदेश न, १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समितीद्वारा आयोजित एकदिने अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम बिहिवार सम्पन्न सम्पन्न भएको छ ।

मिचिगन वेस्टर्न युनिभर्सिटीका प्राध्यापक तथा बरिस्ठ पहिचानवादी सल्लाहकार डा, महेन्द्र सुन्दर लावतिको प्रमुख आथित्यतामा भएको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा भुमिपुत्र नागरिकका हकधिकारमा पहिचान र सङ्घियताको भुमिका बारे राज्यलाई थप दबाब दिनुपर्ने छलफलमा कुरा उठेको थियो ।

मुलुकमा ब्याप्त एकात्मक चिन्तन र नश्लियवादका कारण लोकतान्त्रिक गणतन्त्रमा सङ्घिता र पहिचान सस्थागत हुन नदिइ राज्यले समग्र नागरिकको जनजिविकामा प्रत्यक्ष असर पारेको लावतिले बताए ।


विश्वका विकसित धेरै राष्ट्रहरु सङ्घियता र पहिचानको अवधारणाबाट नै समृद्ध बनेका कैयौं उदाहरण डा, लावतिले दिए ।

 

हामीले जे बोले पनि हुन्छ र जे काम गरेपनि जनताले स्वीकार्छन् भन्ने कुटिल चाल रचेर प्रदेश न, १ को नाम कोशी राखेर केपि, प्रचण्ड, शेरबहादुर र उनिहरुका आसेपासे झुक्किएको पनि वहाँले बताए ।

एकात्मक ब्राह्मणवाद शासन लादेर जनताको माग सम्बोधन गर्न सक्दैनन् भने अब प्रदेश १ का जनताले उनिहरुलाई सधै कुर्सीमा पुर्याउनु नहुने उनको भनाइ थियो ।

कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले सङ्घियता र पहिचानको लडाइँमा आफू १० बर्षे जनयुद्धमा होमिएको इतिहास ताजै रहेकोे बताए ।

नागरिकको पहिचान बिनाको नक्कली सङ्घियताले कुनै अर्थ नराख्ने पनि खड्काको भनाइ थियो ।


समाजसेवी प्रखर युवा नेता रुपेश सेर्माले पार्टी भन्दा ठूलो आफ्नो पहिचान भएकोले यो मुद्दामा १ न, प्रदेशको नाम लिम्बुवान किरात मागको कित्ता सदर गर्न आफू सधै लडिरहने बताए ।

पार्टी भित्र पनि हामीले पहिचानको बिषयमा संघर्षसिल आवाज बुलन्द गरिरहेका छौ तर सुनुवाइ भएको छैन उनलेे बताए । यदि एस्तै पारा हो भने केही सोच्न बाध्यता रहने पनि सेर्माको भनाइ थियो ।

प्रदेश न, १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष पाचथर जिल्ला कार्य समितिका अध्यक्ष सुबाश तुम्बापो ( काङ्सोरे ) ले लिम्बुवान भुमिको ऐतिहासिक पहिचान र सभ्यताको बिषयमा यो पहिलो र अन्तिम लडाइँ रहेकोे कुरा बताउदै लिम्बू तथा गैर लिम्बुले राजनीतिक आस्थालाई आफ्नै ठाउँमा थाती राखी भूगोलको पुनः नामाङ्कन बिषयमा सबैको समर्थन र साथ सहयोग दिनुपर्नेमा जोड दिए ।

छापामार शैलीमा फागुन १७ गते १ न, प्रदेशको कोशी नाम राखी राज्यले यहाँका रैथाने नागरिकको अपमान गरेको भन्दै किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउपालिका गाउकार्य समितिका अध्यक्ष तथा सचीव तेजेन्द्र चेम्जोङ होसन्नाले कार्यक्रम उद्घोषण गर्ने क्रममा बताए ।

पहिचानवादी पार्टी हौ भन्ने जनता समाजवादी पार्टीका शीर्षस्त नेताहरु १ नम्बर प्रदेशको पुनः नामाङ्कनको बिषयमा किन मौनता साधेको भन्दै जसपा नेपाल केन्द्रिय सल्लाहकार तथा पुर्व सेनानी मेजर असीम पालुङ्वाले दुख व्यक्त गरे ।

जसपा केन्द्रिय सदस्य जेन्टल लावती, ताप्लेजुङ जिल्लाका पहिचानवादी योद्धा चन्द्र मादेन, सङ्युक्त संघर्ष समितिका जिल्ला सचीव कमल हाङ्सरुम्बा, यसैगरी नेपाल आदिवासी जनजाति महासंघ कुम्मायकका सुर्यकिरण साम्पाङ, समाजसेवी महेन्द्रबहादुर लावती, युबा नेता भुपी लावती, लक्षमी फेवदेन, कियाचु कुम्मायकका पुर्व कोषाध्यक्ष सम्झौता जवेगु, कुम्मायक कुस्सायक क्षेत्र बिकास सस्थाका अध्यक्ष जकेन्द्र लावती तथा विभिन्न बिधालयका शिक्षकहरु लगायत वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावती, वडा सदस्य मनकुमारी शेर्मा, सामाजिक अभियान्ता खिङसेमी सेर्मा, युवा अभिन्ता हरि सेर्मा र विभिन्न संघ सस्था साथै राजनीतिक जनप्रतिनिधिहरुको उपस्थिति समेत रहेको सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ तथा प्रदेश न, १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समितिका अध्यक्ष पदम सुखी सम्बाहाम्फे को अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर