दमक सभागृहलाई पुनः फाल्गुनन्द सभागृह नामाकरण - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक सभागृहलाई पुनः फाल्गुनन्द सभागृह नामाकरण

साउन १२, दमक । पहिचानवादीहरुले दमक सभागृहलाई पुनः फाल्गुनन्द सभागृह र निर्माणाधिन दमक भ्युटावरलाई लाजेहाङ भ्यूटावर नामाकरण गरेका छन् ।

शिलान्यासमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा फाल्गुनन्द सभागृह निर्माण भनि घोषणा गरी निर्माण गरिएको सभागृहलाई परिवर्तन गरी दमक सभागृह बनाएको थियो । फाल्गुनन्द सभागृहको नाम दमक सभागृह बनाइएपछि नामाकरणमा समस्या सुरु भएको हो ।


बिहीबार आयोजित शान्तिपूर्ण मोटरसाइकल ¥यालीको क्रममा पहिचानवादीहरुले सभागृह र भ्यूटावरको पुनः नामाकरण गरेका हुन । ¥यालीमा पुगेका पहिचानवादीहरुले दमक सभागृहलाई पुनः फाल्गुनन्द सभागृह र निर्माणाधिन दमक भ्युटावरलाई सहिद लाजेहाङ भ्यूटावर नामाकरण गरेका हुन ।

झापाको दमक नगरपालिका ९ मा निर्मित सो सभागृह फाल्गुनन्दको नाममा शिलान्यास गरि निर्माण गरिएको सभागृहको नाम परिवर्तन गरी दमक सभागृह राखेको प्रति विरोध गर्दै पहिचानवादीहरुले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको नाममा पुनः नामाकरण गरेका हुन् । पहिचानवादीहरुले गेटमा फाल्गुनन्द सभागृह लेखेर साइनबोर्ड समेत राखेका छन् । पछिल्लो समय सभागृहको नाम परिवर्तन गरेर दमक सभागृह राखेसँगै सरोकारवालाहरुले विरोध गदैं आइरहेका छन् ।


२०७३ जेठ २८ गते विशेष कार्यक्रम आयोजना गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु फाल्गुनन्द सभागृह भनि सो सभागृहको शिलान्यास गरेका थिए । सो कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समेत उपस्थित गराइएको थियो ।

दमकको भाङबारीदेखि सुरु भएको शान्तिपूर्ण बाइक ¥याली ढुकुरपानी, फाल्गुनन्द चौक हुँदै दमक बजारक्षेत्र परिक्रमा गरी गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

कार्यक्रममा धिमाल जाति विकास केन्द्रका उपाध्यक्ष केदार धिमाल, किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष मिलन रुम्दाली राई र खस क्षेत्री मञ्चका अध्यक्ष अशोक क्षेत्रीले सम्बोधन गरेका थिए । प्रदेश नं. १ को नाम कोशी राखिएकोमा असन्तुष्ट भई आन्दोलनरत खस क्षेत्री युवा मञ्चले सो मोटरसाइकल ¥यालीको संयोजन गरेको थियो ।

सम्बन्धित खवर