- पदम सुखी सम्बाहाम्फे
साउन १३, कुम्मायक । कुम्मायक गाउँपालिकामा गाई गोरु र भैसिलाई लाग्ने लम्पी स्किन रोग नियन्त्रण बाहिर रहेको छ ।
यो रोग लागेपछि गाइगोरु र भैसिका छालामा गिर्खा अर्थात ठेउलो ठेउली आउने खुट्टा सुन्निने उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्ने पशुपन्छी सेवा शाखा प्रमुख डा, नगेन्द्र दाहालले बताए ।
नेपाल भरी यो रोगको संक्रमण फैलिएकोले यश गाउपालिकामा पनि लम्पी स्किन रोग LSD को प्रकोप देखा पर्नुको मुख्य कारण गाइगोरु ओसारपसार बेचबिखन नै रहेको दाहालको भनाइ छ ।
बिशेश गरेर स्थानीय ब्यापारीहरुले एक ठाउ बाट गाइगोरु किनेर अर्को ठाउँमा बेच्ने चलनले गर्दा यस्तो महामारीको सामना किसानले बेहोर्नु परेको उनले बताए ।
गत चैत महिनामा कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ को हात्ती पोखरी गाउँमा पहिलोपटक यो रोग देखा परेको बताए । त्यस भेकका १५ देखि २० वटा गाई गोरु र भैसिलाइ उपचार गरिसके पछि बैशाख महिनामा १ नम्बर वडा र २ का गर्मी हुने तल्लो भेकमा यो रोग बढी आक्रामक रुपले फैलिएको पनि बताएका छन ।
यश गाउँपालिकामा हालसम्म ४५ वटा गाइगोरु लम्पी स्किन रोगले मरिसकेको र ६ हजार ५ सयभन्दा बढी गाई गोरु बिरामी अवस्थामा रहेको जनाइएको छ । उपचार गरि निको भइसकेका ३ हजार ५ सयभन्दा बढी गाई गोरु फेरि उहीँ रोग बल्झिएर संक्रमितअवस्थामा रहेको पशुपन्छी सेवा शाखा कार्यलयको तथ्यांकमा उल्लेख गरिएको छ ।
कुम्मायक गाउँपालिकामा रहेको बिपद व्यवस्थापन कोषबाट रु १० लाख रुपैयाँ रकम बिनियोजन गरि गाउँपालिका सबै वडाका बिरामी गाइगोरु र भैसिलाई औषधि खरिद गरि निशुल्क उपचार गरि रहेको डा, दाहालले बताएका छ्न । कृषकले बाली लगाउने बेलामा यो रोग फैलिए सङ्गै दूध तथा अन्न उत्पादनमा गिरावट आउने भएपछि किसानहरु चिन्तित भएका छन ।
वडा नम्बर ५ का वडा अध्यक्ष निर्मलराज घिमिरेले वडाको आहाले लगायत विभिन्न भेकमा लम्पी स्किन महामारी रोग घट्दो नभै बढ्दो मात्रामा रहेको बताएका छ्न । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष बालकृष्ण शेर्माको घरको बाछा समेत मरेको बाताए । वडा नम्बर ५ निगालेका नरेन्द्र बहादुर सम्बाहाम्फेको धान रोप्ने समयमा उक्त रोगले उनका हलगोरु थलापरेपछी खेत बाझिनुका साथै बीउ खेर गएको बताए ।
यो रोग नियन्त्रणमा नआएसम्म नियमित निशुल्क औषधि उपचारमा पशु चिकित्सक खटाइने गाउँपालिका अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताएका छन ।