केञ्जल र आश्वीन अभिनित 'तिमी साथ भैदिए' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केञ्जल र आश्वीन अभिनित ‘तिमी साथ भैदिए’ सार्वजनिक(भिडियो सहित)

 

  • आन्छुमे नसान

साउन १७, काठमाडौं । गायिका प्रश्ना शाक्यको आवाजमा केञ्जल योङहाङ र आश्वीन भुसालको अभिनय रहेको प्रेमिल गीत ‘तिमी साथ भैदिए’ को भिडियो सार्वजनिक गरिएको छ ।

दिपकराज बिश्वकर्मको निर्देशनमा
नुतन भुसालको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको गीत ‘तिमी साथ भैदिए’ को भिडियो सार्वजनिक गरिएको हो ।

विश्व अधिकारीको संगीत संयोजनमा ए वान म्युजिकन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ मास्टरिङ किसोर थापाले गरेका हुन् ।

श्रीमान श्रीमतीको एकअर्का प्रतिको विश्वास, भरोसा र माया पिरति प्रस्तुत गरिएको भिडियोमा सुविन गोदारको छायांकन, सुस्मा परियारको मेकअप र बिकास दहालको सम्पादन रहेको छ ।


चन्दन विश्वकर्म प्रडक्शन मेनेजर रहेको भिडियो गीतकार नुतन भुसाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर