भोलि साउन २२ गते प्रदेश १ बन्द - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोलि साउन २२ गते प्रदेश १ बन्द

साउन २१, दमक । राष्ट्रिय जनमुक्ति पार्टी सहितको ७ घटकले भोलि साउन २२ गते लिम्बूवानका ९ जिल्ला बन्दको घोषणा गरेका छन् ।

राज्य एकीकरणको नाममा त्यसबेलाका राजा पृथ्वीनारायण शाहले १८३१ साउन २२ गते लिम्बूवानी जनतालाई धोका दिएको भन्दै भोलि लिम्बूवानका ९ जिल्ला बन्दको घोषणा गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति(लो.स.पा.), किरात खम्बुवान राज्य परिषद, किरात लिम्बुवान राज्य परिषद,  लिम्बुवान राष्ट्रिय मोर्चा सहितको ७ घटकले विज्ञप्ति प्रकाशित गर्दै २२ को लालमोहर सन्धि मार्फत लिम्बूवान राज्यलाई बृहत नेपालमा गाभियो । लिम्बूवान क्षेत्र छुट्टै रहने भनि मौखिक सम्झौता थुमथुममा भए तापनि एकीकरणको नाममा लिम्बूवानलाई नेपालभित्र लालमोहरमा लेखिएको हुँदा धोका दिएको भन्दै यही साउन २२ गते बन्दको घोषणा गरिएको जनाएका छन् ।

बिज्ञप्तिमा ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण पूर्व लिम्बूवान राज्य घोषणा नभएसम्म आन्दोलन जारी रहने पनि उल्लेख गरिएको छ ।

नेपाल सरकार र संघीय लिम्बूवान राज्य परिषद् बीच भएको पाँच बुँदे सम्झौता र प्रदेश नं. १ को नाम कोशी खारेज गराउँनका लागि पनि साउन २२ गते १ दिन शान्तिपूर्ण लिम्बूवान बन्द कार्यक्रम गरिएको उल्लेख गरिएको छ ।

बन्दमा एम्बुलेन्स, कुटनीतिक नियोगका गाडी, प्रेस, मलामी बोकेको गाडीलाई खुल्ला छोडिएको जानकारी गराएका छन् भने शैक्षिक संस्था, कलकारखाना, बजार, यातायात बन्द रहने जानकारी गराएका छन् ।

सम्बन्धित खवर