अमिर बम्जनको जीवन कथामा अधारित 'भाग्यले नै दिएपछि' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमिर बम्जनको जीवन कथामा अधारित ‘भाग्यले नै दिएपछि’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन २३, काठमाडौं । जन्मजात शारीरिक रुपमा अपांग भएपनि हरेक क्षेत्रमा अब्बल देखिएका बहु प्रतिभाका धनी अमिर बम्जनको जीवन कथामा आधारित भिडियो ‘भाग्यले नै दिएपछि’ सार्वजनिक गरिएको छ ।

अमिर बम्जनको शब्द तथा संगीतमा गायीका एलिना चौहानको सुमधुर आवाजमा कारुणिक मनछुने गीत ‘भाग्यले नै दिएपछि’ सार्वजनिक गरिएको हो ।


दिनेश माङमुको कन्सेप्टमा भगिराज राईको निर्देशन रहोको भिडियोमा अमिर बम्जन, पुष्पा मगर र कमला चेम्जोङले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा अपेक्षा बम्जनले अभिनय गरेकि छन् । पुष्पा अमिरकि धर्मपत्नी हुन भने अपेक्षा छोरी हुन् ।

देव लवारको संगीत संयोजन तथा मिक्सिङ रहेको गीतको भिडियोमा मान बहादुर राई, पार्वती गोले,
समराज गोले र सुमन वाइबाले समेत अभिनय गरेका छन् ।

शारीरिक रुपमा अपांग भएपनि अमिरले मुखबाटै ल्यापटप कम्प्युटर मा टाईपिङ गर्न, मोबाइल चलाउन/टाईपिङ गर्न, चित्र कोर्न, पेन्टिङ गर्न, भिडियो इडिट गर्न लगायत थुप्रै कुराहरू गर्ने क्षमता राख्छन् । उनी शारीरिक रुपले अशक्तहरुका लागि एक मिसाल पनि हुन् ।


श्रीमतीको माया साथ र सपोर्टलेनै उर्जासिल बनेका बम्जनले अभिनय गरेको भिडियोमा युवराज राई(वीर बहादुर) को छायांकन, पर्सु थलङको ड्रोन, सुमन संकरको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।

प्रितम तामाङ(यु.एस.ए.) र गेलु शेर्पा(यु.एस.ए.) को निर्माण रहेको भिडियो अमिर बम्जन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर