साउन २७, दमक । दमकमा रुबाई मञ्च नेपालको प्रथम वार्षिक साधारण सभा तथा प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार झापाको दमक-७ स्थित संरक्षण टोलको भवनमा रुबाई अभियन्ता/सल्लाहकार याम थुलुङ राईको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा तथा महाधिवेशन सम्पन्न गरेको हो ।
शनिबार सम्पन्न रुवाई मञ्च नेपालको प्रथम केन्द्रीय महनधिबेशनले राजकुमार सुब्बा पारघरीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ ।
नवनिर्वाचित उपाध्यक्षमा, मुसाहाङ अम्याङ्सा, महासचिवमा विनोद राई, सचिवमा कमल मिश्र र कोषाध्यक्षमा आशा फुयल रहेका छन् ।
यसैगरी सदस्यहरुमा अशोक बस्नेत, रुमानी कुलुङ, मौलश्री लिम्बू लाओती र रचना लाओती चयन भएका छन् ।
अनौपचारिक रुपमा रुबाई वि.स.२०६३ सालदेखि प्रारम्भ भएको ‘रुबाई मञ्च नेपाल’ स्थापना भई औपचारिक रुपमा संस्था संगठित हुँदै आएको रुबाई मञ्चको साधारण सभामा प्रस्तुत अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिवको सांगठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र संस्थाको अक्षयकोष विनियम २०८० समेत अनुमोदन तथा पारित गरेको छ ।
कार्यक्रममा कवि साहित्यकार लोकेन्द्र बञ्जरा, विवश वलिभद्र कोइराला, विराट किराती, अशोक बस्नेत, कमल मिश्र र ज्योति भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महाधिवेशनमा रुबाई मञ्च नेपाल तर्दथ संस्थापक केन्द्रीय अध्यक्ष मुसाहाङ अम्याङ्साको अध्यक्षतामा सम्पन्न भएको हो ।