लिम्बू संस्कृति बोक्ने पालाम 'माङजाबुङ्ग्या तरेबान' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू संस्कृति बोक्ने पालाम ‘माङजाबुङ्ग्या तरेबान’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन ३२, काठमाडौं । निर्देशक रन वीर लिम्बू (रबि सेर्मा)को निर्देशनमा लिम्बू समुदायको कला र संस्कृति बोक्ने पालाम ‘माङजाबुङ्ग्या तरेबान’ सार्वजनिक गरिएको छ ।

एचडि मादेनको शब्द तथा लय संकलनमा गायक ब्रविम सेर्मा चेसुङ र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘माङजाबुङ्ग्या तरेबान’ सार्वजनिक गरिएको ह‍ो ।


लिम्बू समुदायमा बिशेष गरि गाउँघरमा पाहुना आउँदा पाहुनाको सम्मानको लागि धान नाच्ने प्रचलनलाई कलात्मक ढंगले प्रस्तुत गरिएकोमा पालाम भिडियोमा ब्रविम सेर्मा चेसुङ, रेनशा आङखेवा लिम्बू र ओसिन आङदेम्बे लिम्बूको अभिनय रहेको छ ।

सामाजिक साँस्कृतिक कथाबस्तुमा कथा बुन्न माहिर निर्देशक सेर्माले पालाममा दिदीको घरमा पाहुना आएका माङजाबुङगे तरेबा र बि.एड. को परिक्षा तयारी गर्दै गरिकि गाउँकै सुरिलो आवाज र पालाम गाउन जान्ने एकमात्र तरेमासंगको धान नाच र प्रेम प्रसंगलाई रोमाञ्चक तवरले देखाएका छन् ।


टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको रेकर्ड, मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

सुमन तामाङको छायांकन र ड्रोनमा, अशोक मण्डलको मेकअप र अनिल महर्जनको सम्पादन र कलर रहेको पालाम गायककै ब्रविम चेसुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम हेर्नुहोस…

 

सम्बन्धित खवर