पान्थर मिक्लाजुङका दिलिप माखिम याक्थुङ स्टारको फिनालेमा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थर मिक्लाजुङका दिलिप माखिम याक्थुङ स्टारको फिनालेमा

भदौ १, दमक । पान्थर मिक्लाजुङ ५ का प्रतिभाशाली गायक दिलिप माखिमले सिङ्गिङ रियालीटी सो ‘याक्थुङ स्टार’ को फिनालेमा स्थान बनाएका छन् ।

याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने श्लोगानका साथ अम्मर कृति म्युजिक प्रालिद्वारा आयोजित ‘याक्थुङ स्टार’  गायन प्रतियोगिताको फिनालेमा माखिमले स्थान बनाएका हुन् ।


गत साउन ७ गते भारतको सिक्किममा भएको सेमिफाइनलबाट दिलिप माखिमसँगै सिक्किमकि अञ्जना नाल्बो सुब्बा, पान्थर कुम्मायकका बि.बि. सेर्मा, पान्थर फालेलुङका उदय बेघा, सिक्किमका आइतहाङ लिम्बू र आसामका ताराबीर सेरेङ चोङबाङ गरि छ जनाले उपाधिका लागि फिनालेमा स्थान बनाएका छन् ।

प्रतियोगितामा नेपाल र सिक्किम गरि २९ जना सहभागीमध्येबाट बिभिन्न चरणहरु पार गर्दै फिनलेमा प्रवेश गरेका छ जना प्रतिस्पर्धीहरुबाटै भोटिङको आधारमा विजेता घोषित हुने बताइएको छ ।


प्रतियोगिता फिनाले सम्म आइपुग्दा समेत बिजेताले पाउने पुरस्कार राशि भने घोषणा गरिएको छैन ।

फिनालिष्ट माखिमले आफुलाई बिजेता बनाउन दर्शक र शुभचिन्तकमाझ सामाजिक सञ्जाल मार्फत भोट गर्न समेत अपिल गरेका छन् ।


प्रतियोगिताको निर्णायकहरुमा गायक सञ्चमान ताम्लिङ, गायिका गंगा फियाक र गायक प्रमोद लिम्बू रहेका छन् । ग्राण्ड फिनाले भने आगमी भदौ ९ गते हुनेछ ।

 

सम्बन्धित खवर